गोरखा । बाघकाेआक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् । साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताउनुभयाे ।

चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी घाइते बनाएको लामिछानेले जानकारी दिनुभयाे । ‘ बाघ आएपछि प्रहरी स्थानीय नागरिकहरुलाइ घर भित्र बस्न आग्रह गर्दै गर्दा बाघले पछाडीबाट चिथाेरेकाे लामिछानेले बताउनुभयाे । घाइतेहरुकाे स्थानीय स्वास्थ्य सँस्थामा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस !