काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिसँगै विश्व बजारको मूल्य प्रभावित भएको छ ।

ब्रेन्ट क्रुडको प्रति ब्यारल कच्चा तेलको मूल्य १२४ डलर पुगेको छ । ओपेक बास्केटको ११८ डलर छ । डब्लुटीआई क्रुडको ११९ डलर रहेको छ ।

सबैभन्दा बढी कच्चा तेल उत्पादक देश साउदी अरेबियाले कच्चा तेलको मूल्य अझ वृद्धि गर्न लागेको आयल प्राइसल डट कमले उल्लेख गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि निरन्तर बढिरहेको तेलको मूल्यले नेपालको बजार पनि प्रभावित भइरहेको छ ।

नेपालमा पेट्रोलको प्रति लिटर १८० रुपैयाँ छ । विश्व बजारको मूल्यवृद्धिले आन्तरिक बजार फेरि प्रभावित हुन सक्छ । सरकारले पेट्रोलियम पद्धार्थमा लिदै आएको करमध्ये कतिपय घटाएर तेलको मूल्य घटाउने बजेट भाषणमा उल्लेख गरेपनि मूल्यवृद्धि घटाइएको छ । त्यसमाथि विश्व बजारमा तेलको मूल्य वृद्धि हुनुले आन्तरिक बजारमा ठूलो असर पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस !