चितवन ।  भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले आक्रमण गरेको थियो । जङ्गली जनावरको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जङ्गली जनावरले दिउँसो ५ः३० बजे आक्रमण गरेको थियो । कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !