चितवन । नारायणगढ- मुग्लिङ सडक खण्डको ईच्छाकामाना गाउँ पालिका ६ कालीखोलामा बस र ट्रक एक आपसमा  ठक्कर खादा ३ जना घाइते भएका छन । आज बिहान करिब ८:१५ बजे नारायणगढ- मुग्लिङ सडक खण्डको कालीखोलामा मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना घाइते भएका हुन । घाईते २ जनाको स्थानिय मेडिकलमा उपचार भई रहेको र १ जनालाई पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । दुबै सवारी साधनमा क्षेती भएको छ भने सो बाटो अबरोध भने नभएको प्रहरीले जनाएको छ ।  दुबै सवारी साधन र चालक मुग्लिनको प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।
घाइतेहरु –
१.बसमा सवार जिल्ला चितवन ईच्छाकामना गा.पा.६ कुयलघारी बस्ने बर्ष ६९ को जित बहादुर बि.क. अवस्था मध्यम पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएको ।
२.जि.चितवन भरतपुर २९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ अवस्था सामान्य, स्थानिय मेडिकलमा उपचार भई रहेको ।
३.जि.गोरखा गो.न.पा.८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी,अवस्था सामान्य स्थानिय मेडिकलमा उपचार भई रहेको ।

प्रतिक्रिया दिनुहोस !