चितवन । श्रीमानको कुटपिटबाट घाइते भएकी गिता माझीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । राप्ती नगरपालिकामा क्रियाशिल पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले उनलाई सहयोग गरेको हो । मञ्चले सहयोग रकम स्वरुप १० हजार ९ सय ५० हस्तान्तरण गरेको हो ।

मञ्चले उनको उपचार कक्षमा नै गई सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष राजन दिल गुरुङ सहित सचिव सुरोज बराकोटी र कोषाध्यक्ष सुजा गौतमले उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनको स्वास्थ अवस्था सुधारोन्मुक रहेको ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले बताइन् । ” उहाँ अवस्था पहिले भन्दा सुधार भएको छ । अहिले सामान्य हिँडडुल गर्न सक्नुहुन्छ ।” उनले भनिन् । आजै दिउँसो उनको शल्यक्रिया भएको पनि उनले जानकारी दिइन् ।

खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साझ श्रीमती गिता माझिलाई कोठामा बन्दक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए । लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने, फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहन सक्ने डाक्टर दीपेन्द्रले बताउनुभयो।

हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिरहेको छ ।अस्पताल बाट पाईने औषधी त्यहि उपलब्ध हुने र महँगो र अन्यबाट ल्याउन पर्ने औषधी पनि निशुल्क नै हुने भरतपुर अस्पतालका ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले जानकारी गराउनुभयो।कोहि पनि कमाउने व्यक्ति नभएको उनको परिवारमा एउटा छोरी बिहे भएको र दुइ छोरी साना भएकोले यो सहयोग रकमबाट पौष्टिक आहार खानको लागि सहयोग रकम प्रदान गरेको राप्ती पत्रकार मन्चका अध्यक्ष राजन दिल गुरुङ्गले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !