काठमाडौं । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ।

सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिनबहादुर केसीको कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे थासाङमा पुगी शव संकलन गरि रहेको छ।

हेर्नुहोस् फोटो फिचर

प्रतिक्रिया दिनुहोस !