काठमाडाैँ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अन्यको भने खोजी जारी छ । विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ । आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।

प्रतिक्रिया दिनुहोस !