
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आइतबार संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।
यस्तो छ बजेटको पूर्णपाठः
https://drive.google.com/file/d/1yzBxCmgCTL354ilsrnh-sxiWVnSx7IrU/view