चितवन । कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी तथा वडा नं.६ का वडा अध्यक्ष टिकाराम रेग्मीलाई लायन्स क्लब अफ चितवन कालिकाद्वारा सम्मान गरिएको छ । क्लबद्वारा आज आयोजित कार्यक्रममा नवनिर्वाचित मेयर तथा वडा अध्यक्षलाई सम्मान गरिएको हो । उहाँहरुलाई सम्मान पत्र, माला र टिका लगाई सम्मान गरिएको हो ।
मेयर रेग्मी क्लबको सस्थापक अध्यक्ष तथा वडा अध्यक्ष रेग्मी क्लबको सस्थापक सदस्य हुनुहुन्छ । साथै आज क्लबको सातौ अधिवेशन पनि आज सम्पन्न भएको छ । बर्ष २०२१/२२का अध्यक्ष दिपक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी, बिशिस्ट अतिथि वडा नं.६ का वडा अध्यक्ष टिकाराम रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।
क्लबका प्रथम उपाध्यक्ष सिपी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचीव महादेव प्रसाद हुमागाईले संचालन गर्नु भएको थियो ।
क्लबको बर्ष २०२२/२३ को अध्यक्षमा सिपी अधिकारी चयन
सो अधिवेशनले बर्ष २०२२/२३ को लागि सिपी अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । क्लबको प्रथम उपाध्यक्ष बुद्धिप्रसाद अधिकारी, दितिय उपाध्यक्ष हरिकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष महादेवप्रसाद हुमागाईलाई चयन गरेको छ । क्लबको सचीव अमृत लामिछाने, कोषाध्यक्ष ईश्वर भट्टराई र सह कोषाध्यक्ष ईश्वर श्रेष्ठ चयन हुनुभएको छ ।
क्लबको टेल टुईस्टर दिपक थापा, टेमर कृष्णबहादुर मगर, पिआरओ पुरुषाेत्तम कंडेल, डाईरेक्टरमा रमेश दवाडी, धर्म ढकाल, लालु प्रसाद दाहाल, हिम्मत पुरी, श्यामबाबू तिमिल्सिना, धर्मध्वज लम्साल लगायत चयन हुनु भएको छ । आज नै क्लबको नंया सदस्यमा भुवन श्रेष्ठलाई क्लबले स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !