चितवन ।  पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बेलुकी ७ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा हाइस माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतो रहेको प्रहरीले जनाएको छ । उनको हातमा सामान्य चोट लागेको हो ।

पहिरो पन्छाउने काम सम्पन्न गरी दुईतर्फी सडक नियमित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !