काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गर्नुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन तयार पार्दासम्म २३३ बैठक सम्पन्न भएको उहाँले जानकारी दनुभयो । कोभिड–१९ को प्रभाव कायमै रहँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर बैठक बसेको पनि उहाँले जानकारी गराउनुभएको छ ।

उहाँले पछिल्लोपटक भने २५ बैठक विधायनसँग सम्बन्धित र अन्य बैठक समसामयिक विषयमा रहेको जानकारी गराउनुभएको छ । समितिमा १४ विधेयक प्राप्त भएकामा पारित भई प्र्रतिनिधिसभामा पेश गरिएको जानकारी दिनुभयो । बैठक आजै १५ मिनेटका लागि स्थगन भएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !