चितवन । लामा गुरु शुरेस लामाको उच्च रक्तचापका कारण ब्रेन ह्याम्रेज भई भरतपुर स्थित पुरानो मेडिकल कलेजमा गम्भीर अबस्थामा उपचार भैरहेको छ । ३ दिन अगाडि अचानक बेहोस भए पछी लामालाई अस्पताल ल्याएको उनका भाइ राजकुमार लामाले बताए ।

मकवानपुरको कैलास गाउँ पालिका ९, घैराङ घर भै हाल बसामाडी ३, मकवानपुर स्थित सेर्तुङ गुम्बामा कार्यरत २८ बर्षिय लामाको आर्थिक अबस्था अत्यन्तै कमजोर भएको परिवारजनले बताएका छन । हाल सम्म करिब २ लाख रुपैया खर्च भएको र अझै १ हप्ता भन्दा बढी अस्पताल बस्नु पर्ने भएकोले दाजुको उपचार गर्न समस्या भएको बिरामी लामाका भाइ राजकुमार लामाले बताए ।

सो अस्पतालको न्युरो सर्जरी वार्डको १०६ नं. बेडमा उपचाररत लामा गुरु दाजुको उपचारका लागि भाई राजकुमार लामाले आर्थिक सहयोगको अपिल गरेका छन । उनले मोबाइल न. ९८४९२९५७४५ मा सम्पर्क गरि दाजुको जिवन रक्षाको लागि सहयोग जुटाईदिन पनि अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस !