चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कुटपिट गरि पाठेघर निकाली दिएका छन्। खैरहनी नगरपालिका–१० मुसहरबस्तिका रामचन्द्र माझिले बिहिवार राती आफ्नी श्रीमतिको पाठेघर निकालिएका हुन् ।

श्रीमतीलाई कोठा भित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हाली पाठेघर निकालिदिएको प्रहरीले बताएको छ। कुटपिटबाट घाइते श्रीमतीलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको छ।

आरोपित रामचन्द्रलाई पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खैरहनिका प्रमुख अनोज बिश्वकर्माले बताए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर राखी प्रहरीमा खवर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !