काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको समेत बताए ।

अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस !