चितवन । मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन् । ‘तत्काल मूल्य वृद्धि फिर्ता गर, जनतालाई राहत दे’लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

अनेरास्ववियु चितवनका निवर्तमान अध्यक्ष प्रकाश आचार्यले गठबन्धन सरकारले लगातार मूल्यवृद्धि गर्दै जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरे । उनले उक्त निर्णय फिर्ता नलिए लगातार प्रदर्शन जारी राख्ने बताए । उनीहरुको प्रदर्शनले केहीबेर भरतपुरको यातायात आवातजावत प्रभावित बनेको थियो ।

विरोध कार्यक्रममा युवा नेता अस्विन घिमिरे, अमित गुप्ता, युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारी, विद्यार्थी नेता हरि आचार्यलगायतले नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस !