चितवन । स्थानिय निर्वाचन-२०७९ पछि कालिका नगरपालिकामा एमाले झनै बलियो बनेको छ । गत २०७४ को निर्वाचनमा मेयर उपमेयर सहित ६ वटा वडामा एमालेले जित हासिल गरेको थियो भने काङ्ग्रेसले ५ वटा वडामा जित हासिल गरेको थियो ।
एमाले भर्सेज गठबन्धनको चुनावमा कालिकाबाट एमाले पत्तासाफ हुने विपक्षी दलको अडकल अनुमानमा मात्रै सिमित रहन पुग्यो ।  ११ वडा रहेको नगरको कुल ५७ जना नगर सभा सदस्य मध्ये ११ नम्बर वडामा सो निर्वाचनमा दलित सदस्य कोहि पनि थिएनन । सो ५६  नगर सभा सदस्य मध्ये  एमालेको ३२ जना र काङ्ग्रेसको २४ जना सदस्य थिए । २०७४ सालको निर्वाचनमा कालिकामा माओबादी केन्द्र शून्य थियो ।
स्थानिय निर्वाचन-२०७९ मा एमालेले झनै नगर सभामा बलियो बनेको नेकपा एमाले कालिका नगर अध्यक्ष केशव लामाले बताए । कुल ५७ सदस्यीय सभामा एमालेको ३७ जना, नेपाली काङ्ग्रेसको १५ र माओबादी केन्द्रको ५ जना नगर सभा सदस्य छन । एमालेले मेयर, उपमेयर सहित ४ वटा वडा अध्यक्ष र विभिन्न वडामा गरि ३१ जना सदस्य जितेको एमाले कालिका नगर कमिटीका सचिव शुदर्शन अधिकारीले जानकारी दिए । त्यस्तै काङ्ग्रेसले ५ वडा अध्यक्ष सहित १० सदस्य र माओबादी केन्द्रले २ वडा अध्यक्ष सहित ३ जना सदस्य जितेको छ । 
गत २०७४ को  निर्वाचनमा सबै राजनीतिक दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा थिए भने यस पटकको निर्वाचनमा ५ दलिय गठबन्धन बनेको थियो । गठबन्धनको सहयात्री दल समाजबादी र जनमोर्चाले कालिकामा कुनै पनि जित हासिल गर्न सकेनन । मेयरमा बिनोद रेग्मी र उपमेयरमा बिमला तमाङ सहित एमालेले अध्यक्षमा वडा नं.२,४,९ र ११ मा जित प्राप्त गरेको थियो  । वडा नं.१,५,६,७ र १० काङ्ग्रेसले र ३ तथा ८ को वडा अध्यक्ष माओबादी केन्द्रले बिजय हासिल गरेको हो ।
कालिका १ को अध्यक्षमा काङ्ग्रेसका सन्तबिर स्याङ्तान बिजयी भए भने चारै जना सदस्यमा एमाले बिजयी भएको छ ।
वडा नं.२ मा एमालेका लक्ष्मण पौडेल सहितको प्यानलै बिजयी भयो । वडा नं.३को अध्यक्षमा माओबादी केन्द्रले बिरेन्द्र तमाङ सहित १ सदस्य र काङ्ग्रेसले ३ सदस्य अर्थात गठबन्धनको प्यानलले जितेको हो ।
त्यस्तै कलिका- ४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठ सहित प्यानलै एमालेले जितेको थियो । वडा नं.५ को अध्यक्षमा काङ्ग्रेसका दिपक बहादुर भट्टराई र १ सदस्य तथा ३ जना सदस्य एमालेका बिजयी भएका हुन । वडा नं.६ मा पनि अध्यक्षमा काङ्ग्रेसका टिकाराम रेग्मी र १ जना सदस्य र बाकी ३ सदस्य एमालेले जितेको हो । वडा नं.७ को अध्यक्षमा काङ्ग्रेसका कमलराज मुक्तान बिजयी भए भने सदस्य सबै चारैजना एमाले बिजयी भएको थियो । ८ नं. वडाको अध्यक्षमा माओबादी केन्द्रका चित्रबहादुर मगर र सदस्यमा ३ जना एमाले र १ जना काङ्ग्रेसका बिजयी भएका हुन ।
वडा नं.९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर र ३ सदस्य तथा काङ्ग्रेसका १ सदस्य निर्वाचित भएका हुन । त्यस्तैगरि १० को अध्यक्षमा काङ्ग्रेसका नर जंग प्रजा सहित २ सदस्य काङ्ग्रेस र २ सदस्य माओबादीका उम्मेदवार अर्थात गठबन्धन बिजयी भएका हुन । ११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा र ३ सदस्य बिजयी भए भने काङ्ग्रेस कि १ जना दलित महिला सदस्य भने  निर्बिरोध निर्बाचित भएकी थिईन ।
कालिकाको ४ वटा वडा अध्यक्ष मात्र जित हासिल गरे पनि एमालेको ९ वटा वडाहरु १,२,४,५,६,७,८,९ र ११ मा स्पस्ट बहुमत रहेको नेकपा एमाले कालिका नगर कमिटी सचीव अधिकारीले बताए ।
काङ्रेसको वडा नं.३ र १० मा बहुमत रहेको छ भने माओबादी केन्द्र एक्लैको कुनै पनि वडामा बहुमत हुन सकेन । एमालेको आफ्नै आन्तरिक अन्तर्घातले वडा नं.५,६ र ७ को अध्यक्षमा हार ब्यहोर्नु परेको एमाले कालिकाको ठहर छ ।

निर्वाचनको मत बिवरणको लागि तलको लिंक क्लिक गर्नु होला ।

https://result.election.gov.np/LocalChartResult.aspx

https://result.election.gov.np/LocalElectionResult2079.aspx#election-chart-result

प्रतिक्रिया दिनुहोस !