काठमाडौँ ।  सरकारले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्दै हिंसा पीडितको तत्काल उद्धार, पुनःस्थापन र परिवारमा पुनः एकीकरण तथा आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने उल्लेख छ ।

सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा छ ।

राज्यका आधारभूत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने र राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख छ । नीति तथा कार्यक्रममा महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव अन्त्य गर्दै लैङ्गिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्ने नीति लिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !