काठमाडौँ ।  सरकारले सिँचाइमा खपत हुने विद्युत्‌मा सहुलियत बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्ष कृषिलाई प्राथमिकता दिँदै सिँचाई सुविधाका कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन् ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भनिन्, ‘मधेसका कृषियोग्य पकेट क्षेत्रमा पानी संचय पोखरी, स्यालो तथा ट्युबट्युवेलबाट थप जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ । सिँचाइ कार्यमा खपत हुने विद्युत्‌मा थप सहुलियत प्रदान गरिनेछ ।’

आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने नीति सरकारले लिएको छ । ठूला र शाखा नहरको निर्माण र मर्मत कार्य गर्ने पनि सरकारको नीतिमा उल्लेख छ । ठूला सिँचाइ योजना निर्माण कार्य तीव्र रूपमा अगाडि बढाउने नीति सरकारको छ ।

प्रतिक्रिया दिनुहोस !