दाङ ।  दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि हुनुहुन्छ । उहाँले हालसम्म २४ हजार ८९१ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहनुभएको छ भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गर्नुुभएको छ । उहाँहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ ।

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी हुनुभएको घोषणा गर्न बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !