चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवारले जित सुनिश्चित भएको छ ।  मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। अहिलेसम्म एक लाख २५ हजार ८४२ मत गणना भइसकेको छ । प्रमुखमा माओवादी केन्द्रकी दाहाल १२ हजार १४० मतले अगाडि हुनुहुन्छ। प्रमुखमा दाहालले ५१ हजार ११२, एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मत ल्याउनुभएको छ। स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १४ हजार ७२७  मत पाउनुभएको छ।

उपप्रमुखमा अधिकारीले ५१ हजार ९०३ राप्रपाका हिमला गुरुङले ३० हजार ३२६ मत ल्याउनुभएको छ । महानगर पालिकामा २९  वडा छन् । अहिले वडा २८ र २९ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !