चितवन । नेकपा एमाले कालिका नगर कमिटीद्वारा आज नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । कमिटीका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपक लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिब शुदर्शन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । सो अबसरमा कालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद रेग्मी, उप प्रमुख बिमला तमाङ, एमालेका नेताहरु गोपी श्रेष्ठ, टिकाराज रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कालिका नगरपालिकामा एमालेका तर्फ उम्मेदवार रहेका मेयर, उपमेयर सहित ४ वडा अध्यक्ष तथा बहुमत नगर सदस्य बिजयी भएका छन । 

प्रतिक्रिया दिनुहोस !