चितवन । कालिका नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा स्वागत एवं निवर्तमान जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम आज सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा खोलेसिमलमा भएको सो कार्यक्रम कालिका नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निशान राज गौतमको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद रेग्मीले नवनिर्वाचित उप प्रमुख बिमला तामाङ सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । त्यस्तै गरि सोही कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत गौतमले नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई खादा र टीका लगाई स्वागत गर्नु भएको थियो ।
नगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत गौतमले निवर्तमान नगर प्रमुख खुमनारायण श्रेष्ठ, उपप्रमुख कमला भट्टराईसहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई खादा टिका र मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सूचना अधिकारी प्रकाश पौडेलले संचालन गर्नु भएको थियो ।
सो अबसरमा नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तमाङ, निवर्तमान नगर प्रमुख खुमनारायण श्रेष्ठ, निवर्तमान उपप्रमुख कमला भट्टराई,निर्वाचन अधिकृतको कार्यालय, कालिकाका निर्वाचन अधिकृत महेशप्रसाद खत्री, कालिका-१ का निवर्तमान वडा अध्यक्ष लिलाबहादुर गुरुङ, कालिका-३ का निवर्तमान वडा अध्यक्ष टिकाराज रिजाल, कालिका-४ का निवर्तमान वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कालिका-७ का निवर्तमान वडा अध्यक्ष डिल्लीराम दवाडी लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !