
चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् ।
पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् । कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत पाएका छन् ।