चितवन ।स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र एमालेबाट निर्वाचित इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले आज सपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचित पालिका प्रमुखहरुलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । सपथ लिएका प्रमुखहरुले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने  छन् ।

 

प्रतिक्रिया दिनुहोस !