चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेको दिन उनले विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका छन् ।

निर्णयमा हस्ताक्षर गर्दै उनले भने ‘मैले चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छु ।’

जनताको शासक नभई सेवक बनेर काम गर्ने प्रतिबद्धता अनुरुप जनताले विश्वास गरेर आफुलाई जिताएको भन्दै उनले जनताप्रति सधै बफादार रहने बताए । गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष र वडाध्यक्ष लगायतका जनप्रतिनिधीलाई आगामी सोमबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराइने उनले बताए ।

सोहि कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई गर्ने कार्यक्रम छ । इच्छाकामनामा अध्यक्ष र उपाध्यक्षसहित पाँच वडा अध्यक्ष र २१ वडा सदस्य एमालेले जितेको हो । कांग्रेसले एक वडा अध्यक्ष र पाँच सदस्य र माओवादी केन्द्रले एक वडा अध्यक्ष र दुई सदस्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस !