चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षमा नेकपा एमालेका आशिक तामाङ विजयी भएकाछन् । वडा अध्यक्षमा तामाङले १४७८ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेपाली काग्रेसको तर्फबाट दण्ड पाणी लामिछाने ९९० मत सहित पराजित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिल बहादुर बुढाथोकीले ४६५ मत ल्याए ।

वडा सदस्यमा नेकपा एमालेका तीन जना र नेपाली कांग्रेसका एक जना निर्वाचित भएकाछन् । एमालेका इम प्रसाद पन्त १०७०, महिला सदस्य लिला देवी पोख्रेल ११५६, रुक माया परियार १२५० र कांग्रेसका शिव प्रसाद तिवारी १२३१ मत प्राप्त विजयी भएकाछन् ।

 

प्रतिक्रिया दिनुहोस !