चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालको नगर रत्ननगर नगरपालिकामा उनको दल समाजवादी शून्य भएको छ ।

उपमेयरसहित वडाध्यक्ष र वडासदस्यमा उमेदवारी दिएको सो पार्टीका उमेदवार पराजित भएका छन् । मेयर र उपमेयरमा मात्र गठबन्धन भएको सो नगरमा समाजवादीले उपमेयर पाएको थियो ।

समाजवादीका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्जसमेत रहेका खनालले रत्ननगरमा वडातहमा गठबन्धन मिलाउन नसक्दा हार बेहोर्नु परेको हो । १६ वटा वडा रहेको रत्ननगरमा समाजवादीले वडा नं ४ र ५ बाहेक अन्य वडामा वडाध्यक्षसहित वडा सदस्यमा उमेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !