चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनीको चौविसकोठीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा–२ बस्ने वर्ष २५ को विष्णुदेव अधिकारी, काठमाडौँ चन्द्रागिरी ४ बस्ने वर्ष २९ को कृष्ण गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीलेलागूऔषध नाइट्राजेपाम २ हजार ९७० ट्यावलेट, औषधीजन्य एघार सय चार क्याप्सुल लागूऔषध बरामद गरेको छ। प्रहरीले उनीहरुलाई पैदल हिँडिरहेको अवस्थामा शंका लागि खानतलासी गर्दा कृष्ण गुरुङको पेन्टी कट्टुभित्र लुकाई राखेको अवस्थामा २४० ट्यावलेट लागूऔषध नाइट्राजेपाम फेला पारेको थियो ।

प्रहरीले विष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा अन्य विभिन्न प्रकारका लागूऔषध प्रहरीले बरामद गरेको थियो । उनीहरुलाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !