चितवन। खैरहनी नगरपालिका प्रमुखमा शशिकुमार खनिया निर्वाचित भएका छन् । बुधवार सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट उम्मेदवार वनेका खनियाँ प्रमुखमा निर्वाचित भएका हुन् । गठवन्धनबाट निर्वाचन लडेका खनियाँले नेकपा एमालेका उम्मेदवार लालमणि चौधरीलाई पराजीत गरे । चौधरी खैरहनी नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत हुन् । नवनिर्वाचित प्रमुख खनियाले चौधरीलाई ८५० मतान्तरले पराजीत गरे ।

कुल खसेको ३२ हजार ३२१ मत मध्य निर्वाचित खनियाँले १४ हजार ५४५ मत तथा चौधरीले १३ हजार ६९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरस्वती पौडेलले बताईन् । निर्वाचित खनिया नेपाली काग्रेश खैरहनी नगर समिति निर्वतमान सभापति हुन् ।

गठवन्धनबाट नगर प्रमुख जितेपनि उपप्रमुखमा भने पराजत व्यहोर्नु पर्यो । गठवन्धनबीच खैरहनीमा कांग्रेसलाई प्रमुख र नेकपा माओवादी केन्द्रलाई उपप्रमुख भाग परेको थियो । उपप्रमुखमा केन्द्रकी उम्मेदवार लक्ष्मी ढकाल भारी मतान्तरले पराजीत भईन् । ढकाललाई नेकपा एमालेबाट उपप्रमुखकी उम्मेदवार कविता उप्रेतीले ४ हजार ४ सय ९४ मतान्तरले पराजीत गरेकी हुन् । उपप्रमुखमा निर्वाचित उप्रेतीले १४ हजार १६४ मत तथा ढकालले ९ हजार ६७० मत प्राप्त गरेकी हुन् ।

खैरहनीमा नगर प्रमुख जितेपनि काग्रेश अल्पमतमा परेको छ । एमालेले उपप्रमुखसहित वहुमत सदस्य जितेको छ । एमालेले वडा नम्वर ४,६,७,९ र १३ मा प्यानलनै जितेको छ भने वडा नम्वर १ मा तीन जना सदस्य,वडा नम्वर ३ मा तीन जना सदस्य,वडा नम्वर ५ मा अध्यक्षसहित ४ जना सदस्य,वडा नम्वर १३ मा वडाध्यक्षसहित ४ जना सदस्य जितेको छ । काग्रेशले वडाध्यक्ष १ मा अध्यक्षसहित एक सदस्य,दुईमा पुरै प्यानल,तीनमा अध्यक्षसहित एक सदस्य,पाँचमा एक जना सदस्य,८ मा अध्यक्षसहित सवै सदस्य,१० मा अध्यक्षसहित सवै सदस्य,१२ मा अध्यक्षसहित सवै सदस्य र १३ मा एक जना सदस्य जितेको छ ।

उपप्रमुख सहित एमालेको ७ जना अध्यक्षसहित ४० सदस्य आफ्नो पक्षमा पारेको छ । खैरहनीमा नगर प्रमुख र उपप्रमुख सहित ६७ सदस्यीय रहेकोमा वहुमतका लागि ३४ सदस्य आवश्यक पर्छ । नेपाली काग्रेशको भने नगर प्रमुखसहित २७ जना मात्र निर्वाचित भएका छन् । वहुमत सदस्य जुन पार्टीको हुन्छ,त्यही पार्टीले कार्यपालिका सदस्य र मनोनित कार्यपालिका सदस्य चयन गर्नेछ । यो हिसावमा अव नेकपा एमालेले मनोनितसहित कार्यपालिका सदस्य आफ्नो पार्टीबाट चयन गर्न पाउँछ । तर यसका लागि मतदान हुनेछ ।

गठवन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एक सदस्य पनि जित्न सकेन । प्रमुख र उपप्रमुखमा गठवन्धन भएपनि वडागतमा भने उनीहरु एक्लाएक्लै निर्वाचन लडेका थिए ।

प्रतिक्रिया दिनुहोस !