चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुमिता डल्लाकोटी विजयी भएकी छिन ।

नेकपा एमालेले टिकट नदिएपछी गुलाफको फूल चुनाव चिह्न लिएर बागी उठेकी डल्लाकोटीले एमालेकै उम्मेदवार छविलाल भुषाललाई २९८ को मतान्तरले हराएकी हुन् ।

डल्लाकोटीले ८९९ मत प्राप्त गर्दा भुषालले ६०१ मात्र मत ल्याउन सके । यस्तै, काँग्रेसका उम्मेदवार यम बहादुर गुरुङ्गले ५५९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस !