चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी भएका छन । उनका  प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसी रहेका थिए । उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेकी हुन । मेयरमा रेग्मीको १०७१४ र केसीको १०५७१ तथा उपमेयरमा बिमलाको १०४४० र सबिताको ९६७८ मत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !