चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार दान बहादुर गुरुङ विजयी हुनुभएको छ । वडा नं. ७ को मतगणना भइरहँदा १४३७ मत गन्न बाँकी छदै एमालेका गुरुङ गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । गणना गर्न बाँकी रहेको भन्दा गुरुङले अग्रता लिएको मत बढि भएको कारण मतगणना गर्न बाँकी छदै उहाँ विजयी हुने निश्चित भएको हो । वडा नं.७ को पछिल्लो मत परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले ५४६० मत ल्याउनुभएको छ भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गीताकुमारी गुरुङले ३९५७ मत ल्याउनुभएको छ । अध्यक्षमा १५०३ मतको मतान्तर रहेको छ ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार माया सिलवालले गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवार बनेका माओवादी केन्द्रका प्रताप गुरुङलाई २७१ मतले पछाडि पार्नुभएको छ । उहाँले ४७२२ मत पाउनुभएको छ भने प्रताप गुरुङले ४४५१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !