चितवन । चितवनको कालिका नगरापलिकामा मतगणना चलिरहेको छ । कालिकामा रहेका ११ वडा मध्य १० वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
अहिले वडा नम्वर ६ को मतणना भइरहेको छ । वडा नम्वर ६ को गणनाको क्रममा अहिलेसम्मको मतपरिणाम यस प्रकार रहेको छ ।
मेयरमा विनोद रेग्मी (सुर्य) ११३७,शिवराम केसी ११०१ मत आएको छ । यस वडामा मेयरमा रेग्मीको ३६ मतको अग्रता रहेको छ । ८८ मतले अन्य वडाबाट रेग्मीले अग्रता लिएकाछन् ।

वडा अध्यक्षमा एमालेका बालकृष्ण अधिकारीको ११०७ र नेपाली काँग्रेसका टिकाराम रेग्मीको ११२३ मत आएको छ । रेग्मी १६ मतले अगाडी रहेकाछन् । यस वडामा ११२७ मत गणना गर्न बाकी रहेको छ । गणना स्थलामा ४ समुह वनाएर गणना गरीएको छ ।

प्रतिक्रिया दिनुहोस !