
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गायक बालेन्द्र शाहले आफ्ना प्रातिस्पर्धीद्वय एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रतालाई तीब्र पारेका छन् ।
पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४५८ मत प्राप्त गरेका छन् । उनको यो अग्रता निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६०६ मतको हो । स्थापितले अहिलेसम्म ७ हजार ८५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९०० मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले १२ हजारभन्दा धेरै मत ल्याइसकेकी छिन् ।