गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना (साकार) निर्वाचित भएका छन । तिमिल्सिना १६७१ मतान्तरले विजयी भएका हुन । उनले ६३२६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका होम बहादुर राना मगरले ४६५५ मत ल्याएका थिए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ललिता अधिकारी विजयी भएकी छिन । उनले ४८२१ मत प्राप्त गरिन । उनका निकटत्म प्रतिद्वन्दी जसपाका भिम नारायण श्रेष्ठले ४०४४ मत प्राप्त गरे । पालिकाको ८ वटा वडा मध्य माओवादी केन्द्रले ६ वटा, कांग्रेस र एमालेले १/१ वटा वडामा जित हासिल गरेको छ । पालिकामा माओवादी र जसपाबिच गठबन्धन भएको थियो ।
वडाध्यक्ष:

वडा नं १. तोपमान गुरुङ ( मा के)
वडा नं २. याम वहादुर थापा (मा के)
वडा नं ३. सुवास पन्त (ने का)
वडा नं ४. राजु भन्डारि (एमाले)
वडा नं ५. पहल मान वयलकोटी ( मा के)
वडा नं ६. तुलवहादुर गुरुङ ( मा के)
वडा नं ७. तुलसि रेग्मि ( मा के)
वडा नं ८. कोकिल पुलामी मगर (मा के)

प्रतिक्रिया दिनुहोस !