चितवन । जिल्लाका सबै पालिकामा मतगणना जारी छ । जिल्लाका ९८ वटा वडामध्ये हालसम्म ३९ वडाको मतपरिणाम सार्वजनिक भएका छन् । कालिका, राप्ती, खैरहनी, रत्ननगर, भरतपुर महानगर, माडी र इच्छाकामनाका गरी ३९ वडाको मतपरिणाम सार्वजनिक भएका छन् ।

मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये पाँच दलीय गठबन्धनका उमेदवारले २१ वडामा जितेका छन् । एमाले एक्लैले १६ वडा जितेको छ भने राप्रपाले दुई वडा वडा जितेको छ । गठबन्धनमा कांग्रेसले १४ वडा जितेको छ भने माओवादी केन्द्रले पाँच र एककिकृत समाजवादीले दुइ वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस !