
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १,२, १० र ११ को मतगणना सकिएको छ । अहिले वडा नम्वर ३,४,८ र ९ को मतगणना भइरहेको छ ।
अहिलेसम्मको गणनामा प्राप्त मतको आधारमा मेयरमा नेपाली काग्रेसका उम्मेदवार शिवराम केसी र उपमेयरमा एमालेकी विमला लामाको अग्रगता कायम रहेको छ । मेयरमा एमालेका विनोद रेग्मीको ४५७९ मत प्राप्त भएको छ भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार शिवराम केसीको ४६२१ मत आएको छ । ४२ मतले केसीको अग्रता रहेको छ ।
उप-मेयरमा एमालेको उम्मेदवार विमला लामाको ४५९४ र माओवादी केन्द्रको तर्फबाट उम्मेदवार सविता लामाको ४३१३ मत आएको छ । २८१ मतले विमला लामाले अग्रता लिनुभएको छ ।