पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नुनबहादुर थापा सहित प्यानलनै बिजयी भएको छ ।

अध्यक्षमा थापाले ६,०३९ मत ल्याई विजयी हुनुभएको छ ।उहाका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गर्नुभएको हो । पराजित मिनप्रसाद गिरीले १,२५७ मत ल्याउनुभयो ।त्यस्तै उपाध्यक्षमा एमालेकी भागिरथि भट्टराई ५,८९४ मतसहित विजयी हुनुभएको छ।

उहाकी प्रतिद्वन्दी रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत ल्याउनुभयो। निर्वाचन आयोगका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ।वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्।

पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस !