चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । वडा नम्वर १,२, १० र ११ को मतगणना सकिएको छ । अहिले वडा नम्वर ३,४,९ को मतगणना भइरहेको छ । अहिलेसम्मको गणनामा प्राप्त मतको आधारमा मेयरमा नेपाली काग्रेसका उम्मेदवार शिवराम केशी र उपमेयरमा एमालेकी विमला लामाको अग्रगता कायम रहेको छ ।
मेयरमा एमालेका विनोद रेग्मीको चार हजार ७४ मत प्राप्त भएको छ भने नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार शिवराम केसीको चार हजार ७७ मत आएको छ । ३ मतले केशीको अग्रता रहेको छ । उमयेरमा एमालेको उम्मेदवार विमला लामाको ४ हजार ६ र माओवादी केन्द्रको तर्फबाट उम्मेदवार सविता लामाको ३ हजार ८१० मत आएको छ । १९६ मतले विमला लामाले अग्रता लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !