चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी छ । वडा नम्वर १,२,१० र ११को मतगणना सम्पन्न भएको छ । वडा नम्वर ३,४,८ र ९को मतगणना भइरहेको छ । मेयर र उपमेयरका उम्मेदवारले यो समाचार तयार पार्दा सम्म प्राप्त गरेको मत यस प्रकार छ ।
मेयर (एमाले) विनोद रेग्मीले वडा नम्वर १ बाट ८२६ वडा नम्वर २बाट ११४६, वडा नम्वर ३ बाट ४७८ वडा नम्वर ४ बाट २१३ वडा नम्वर ९ बाट २९५,वडा नम्वर १० बाट २९६,वडा नम्वर ११ बाट ५१४ मत प्राप्त गर्नुभएको छ । यसै गरी उपमेयर (एमाले) विमला लामाले वडा नम्वर १ बाट ७८९ वडा नम्वर २ बाट १०८३, वडा नम्वर ३ बाट ४९९, वडा नम्वर ४ बाट २०० वडा नम्वर ९ बाट २८०,वडा नम्वर १० बाट ३००,वडा नम्वर ११ बाट ५१७ मत प्राप्त गर्नुभएको छ ।
गठवन्धन(कांग्रेस)को तर्फबाट मेयर शिवराम केसीले वडा नम्वर १ बाट ७४८ वडा नम्वर २बाट १०५०, वडा नम्वर ३ बाट ५६३, वडा नम्वर ४ बाट १८८ वडा नम्वर ९ बाट २६२,वडा नम्वर १० बाट ५१८,वडा नम्वर ११ बाट ४४१ मत प्राप्त गर्नुभएको छ ।
गठवन्धन(माओवादी केन्द्र)को तर्फबाट उपमेयर सविता लामाले वडा नम्वर १ बाट ७४५ वडा नम्वर २बाट १००२, वडा नम्वर ३ बाट ५२०, वडा नम्वर ४ बाट १५८ वडा नम्वर ९ बाट २५३,वडा नम्वर १० बाट ४८१,वडा नम्वर ११ बाट ४०९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !