चितवन । कालिका नगरपालिकामा एमालेका मेयर र गठबन्धन अन्तर्गत (नेपाली काङ्ग्रेस) का उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

कालिकाको ११ वटा वडा मध्ये ७ वटा वडा गणना हुँदा एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीले ३७१६ मत र गठबन्धन अन्तर्गत (नेपाली काङ्ग्रेस) का शिवराम केसीले ३७१९ मत प्राप्त गरेका छन ।

हाल सम्मको परिणाम अनुसार केसी ३ मतले अगाडी रहेका छन । त्यस्तै गरि उपमेयरमा एमालेकि बिमला लामाले ३६२५ र गठबन्धन अन्तर्गत (माओबादी केन्द्र) कि सबिता लामाले ३५२२ मत प्राप्त गरेकी छन । उपमेयरमा एमालेकि लामा १०३ मतान्तरले अगाडि रहेकी छन ।

अहिले सम्म कालिकाको १, २, १० र ११ नम्बर वडाको गणना सम्पन्न भई सकेको छ भने ३, ४, ८ र ९ नम्बर वडाको गणना भैरहेको छ ।

……………………………….

कालिका नगरपालिका वडा न २ को अध्यक्षमा लक्ष्मण पौडेलको प्यानलै बिजयी भएका छन । उनले ११९४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका जनार्दन दाहालले  ९४९ मत प्राप्त गरेका थिए । त्यस्तै खुल्ला सदस्यमा चित्रबहादुर भन्डारीले ११२७, बेलकुमारी गुरुङले १०७९, महिला सदस्य शान्ती महतोले ११५९ र चन्द्ररेखा बिकले ११६८ मत पाएका थिए ।

कालिका वडा न २ बाट मेयरमा एमालेका बिनोद रेग्मीले -११४६, गठबन्धन (नेका)का शिवराम केसीले १०५० र उप-मेयरमा एमालेका बिमला लामाले- १०८३ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- १००२ मत प्राप्त गरेका छन् ।

वडा न  १० को अध्यक्षमा नेपाली काङ्ग्रेसका नरजङ्ग प्रजा बिजयी भएका छन । उनले ४९२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनविर प्रजाले ३०१ मत ल्याएका थिए । सो वडामा गठबन्धनका सबै वडा सदस्य बिजयी भएका छन ।

जसअनुसार महिला खुल्ला सदस्य सन्जु तामाङले ४५२, दलित महिला सदस्य ताराकुमारी बिकले ४६६, खुल्ला सदस्य रोमन श्रेष्ठले ५४८ र सुमित्रा तामाङ श्रेष्ठले ४३४ मत प्राप्त गरेका थिए ।

कालिका वडा न १० बाट मेयरमा एमालेका बिनोद रेग्मीले -२९६, गठबन्धन (नेका)का शिवराम केसीले ५१८ र उप-मेयरमा एमालेका बिमला लामाले- ३०० र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४८१ मत प्राप्त गरेका छन् ।

त्यसैगरि

११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेका)का वकिल प्रजाले ४६३ मत ल्याएका थिए ।

बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।

मेयरमा एमालेका बिनोद रेग्मीले -५१४ , गठबन्धन (नेका)का शिवराम केसीले ४४१ र

उप-मेयरमा एमालेका बिमला लामाले- ५१७ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ४०९ मत प्राप्त गरेका थिए ।

त्यस्तै

कालिका-१ मा नेपाली काङ्ग्रेसका सन्तवीर स्याङ्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्स्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।

मेयरमा एमालेका बिनोद रेग्मीले -८२६, गठबन्धन (नेका)का शिवराम केसीले ७४८ र

उप-मेयरमा एमालेका बिमला लामाले- ७८९ र गठबन्धन (माओवादी केन्द्र)की सबिता लामाले- ७४५ मत प्राप्त गरेका छन् ।

 

कालिकाको वडा न ३, ४ र ९ को मतगणना जारी-

कालिका वडा नं.३ को मत-

खसेको कुल मत- २३९०

गनेको मत- ९००

मेयर-

एमाले – बिनोद रेग्मी- ३५३

गठबन्धन (नेका)- शिवराम केसी-४२२

राप्रपा-मेयर सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-३७०

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३८९

उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- हरि प्रसाद अधिकारी-३५०

गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- ३७७

स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह-

राप्रपा-

कालिका वडा नं. ४ को मत-

खसेको कुल मत- १६५४

गनेको मत- ६००

मेयर-

एमाले- बिनोद रेग्मी-२१३

गठबन्धन (नेका)- शिवराम केसी-१८८

राप्रपा- सोमबहादुर खडका-

उप-मेयर-

एमाले- बिमला लामा-२००

गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-१५८

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले- मकरमान श्रेष्ठ- २२०

गठबन्धन (काङ्ग्रेस)- कोमल श्रेष्ठ-१९७

राप्रपा-

कालिका वडा नं.९ को मत

खसेको कुल मत- २१००

गनेको मत-६००

मेयर-

एमाले- बिनोद रेग्मी-२९५

गठबन्धन (नेका)- शिवराम केसी-२६२

राप्रपा- सोमबहादुर खड्का-

उप-मेयर-

एमाले- बिमला लामा-२८०

गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-२५३

राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-

वडा अध्यक्ष-

एमाले-निलकण्ठ मगर –२७५

गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-२७३

राप्रपा-

प्रतिक्रिया दिनुहोस !