चितवन ।  चितवनको राप्ती-४ को वडा अध्यक्षमा एमालेका केदार आचार्य विजयी भएको छ । राप्ती ४ को वडा अध्यक्षमा कदार आचार्यले १३ सय ५० मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेपालि कांग्रेसका गोपीकृष्ण बर्तौलाले १२ सय १२ मत ल्याएका छन् । वडा महिला सदस्यमा एमालेकी शान्ति माया खुलालले १३ सय १८, दलित महिला सदस्यमा रमिता परियारले १२ सय २९, खुल्ला सदस्यमा चेत बहादुर तामाङले ९ सय ५६, झमक बहादुर श्रेष्ठले ११ सय ७४ र नेपालि कांग्रेसबाट रमेश श्रेष्ठले १ हजार ६ मत ल्याएर विजयी भए ।

दई वडा ( ६ र ४) मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले २४ सय १७, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले २७ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !