चितवन । भरतपुरमा मतपत्रको छापको विवादले रोकिएको मत गणना २५ मिनेट पछि सुचारु भएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । मतपत्रमा छाप स्पष्ट नहुँदा सदर कि बदर भन्ने बिषयमा विवाद भएको थियो ।

पाँच हजार एक सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले एक हजार ८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले एक हजार ८१४ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६१९ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस !