
चितवन । कालिका वडा नं.१, २ र ११ को १४ सय मतगणनामा एमालेको अग्रता रहेको छ । वडा नं. १ मा ९०० मत गणना सम्पन्न भएको छ भने २ मा १०० र वडा न ११ मा ४०० मतगणना भएको छ । वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले ३९२ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले ३३२ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले ३७२ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले ३४२ मत प्राप्त गरेकी छन ।
त्यस्तै वडा नं.१ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ४०८ र एमालेका बुद्धि बोम्जनले ३९५ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मत खसेको थियो । कालिका २ मा १०० मतको गणनामा एमालेका मेयर रेग्मीले ४९, काङ्ग्रेसका केसीले ३८ त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले ४६, काङ्ग्रेसकि सबिता लामाले ३७ मत प्राप्त गरेकि छन । वडा अध्यक्ष एमालेका लक्ष्मण पौडेलले ५२ काङ्ग्रेसका जनार्दन दाहालले ३० मत प्राप्त गरेका थिए ।
कालिका ११ मा ४०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मी २०७ मत रले काङ्ग्रेसका शिवराम केसीले १७३ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले २०४ र माओबादीकी सबिता लामाले १६६ मत प्राप्त गरेका छन । ११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा र नेपाली काङ्ग्रेसका वकिल प्रजाले २०७/१७५ मत प्राप्त गरेका छन । अहिले वडा न १,२ र ११ को मतगणना भैरहेको छ ।