चितवन । कालिका वडा नं.१ र ११ को १ हजार मतगणनामा  एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ मा ७००  मत गणना सम्पन्न भएको छ भने वडा न ११ मा ३०० मतगणना भएको छ ।  वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले ३०२ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले २६४ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले २८४ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले २६९ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ३१६ र एमालेका बुद्धि बोम्जनले ३०५ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मत खसेको थियो । त्यस्तै, कालिका ११ मा  ३०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मीले १५५ मत र काङ्ग्रेसका शिवराम केसीले १२७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले १५४ र माओबादीकी सबिता लामाले १२२ मत प्राप्त गरेका छन । ११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजाले १५४ र नेपाली काङ्ग्रेसका वकिल प्रजाले १३१ मत प्राप्त गरेका छन । अहिले वडा न १ र ११ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !