चितवन । कालिका वडा नं.१ र ११ को ८ सय मतगणनामा  एमालेको अग्रता रहेको छ । वडा नं. १ मा ६०० मत गणना सम्पन्न भएको छ भने वडा न ११ मा २०० मतगणना भएको छ ।  वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले २५६ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले २३१ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले २४३ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले २२८ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले २७१ र एमालेका बुद्धि बोम्जनले २६३ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मत खसेको थियो ।

त्यस्तै, कालिका ११ मा  २०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मीले १०२ मत र काङ्ग्रेसका शिवराम केसीले ८८ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले १०१ र माओबादीकी सबिता लामाले ८४ मत प्राप्त गरेका छन । ११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा र नेपाली काङ्ग्रेसका वकिल प्रजाले १०१ र ८९ मत प्राप्त गरेका छन । अहिले वडा न १ र ११ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !