चितवन । कालिका वडा नं.१ र ११ को ६ सय मतगणनामा  एमालेको अग्रता रहेको छ । वडा नं. १ मा ५०० मत गणना सम्पन्न भएको छ भने वडा न ११ मा १०० मतगणना भएको छ ।  वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले २११ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले १९७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले २०४ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले १८४ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले २२७ र एमालेका बुद्धि बोम्जनले २१८ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मत खसेको थियो । कालिका ११ मा  १०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मीले ४८ मत र काङ्ग्रेसका शिवराम केसीले ४७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले ४८ र माओबादीकी सबिता लामाले ४४ मत प्राप्त गरेका छन । ११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा र नेपाली काङ्ग्रेसका वकिल प्रजाले बराबर अर्थात ४८/४८ मत प्राप्त गरेका छन । अहिले वडा न १ र ११ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस !