चितवन । राप्तीको भण्डारा माविमा राति १ बजेबाट मत गणना जारी रहेको छ । अहिले राप्ती ६ को मत गणना जारी नै रहेको छ । राप्ती वडा नं.६ को ८ सय ८८ मत गणना हुदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायमै गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कडेलले ४ सय ४२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका शमसेर लामाले ३ सय १६ मत प्राप्त गरेका छन । राप्रपाका मनोज अधिकारीले ९, राष्ट्रिय नागरिक पार्टिका बिक्रमी महतोले १७, मौलिक जरोकिलो पार्टिका कुशल पाठकले ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले ४ सय ७२ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले २ सय ९३ मत प्राप्त गरेका छन । राष्ट्रिय नागरिक पार्टिका जितबहादुर बिकले १२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्ती ६ को वडा अध्यक्षमा एमालेबाट जलु चौधरी थारुले ५ सय २७, नेपाली कांग्रेसबाट बिक्रम चौधरीले २ सय ७४ र नेकपा एकिकृत समाजबादीबाट शुक्रराज चौधरीले २० मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस !