चितवन । कालिकाको अहिले भर्खरैबाट मत गणना शुरु भएको छ । अहिले राति १२:४५ बजेबाट मतगणना थालनी भएको हो । शुरूवातमा कालिका वडा नं. १ बाट मत गणना थालनी गरिएको छ । सो वडामा १९ सय ५१ मत खसेको थियो । कालिका नगरपालिकामा कुल २४ हजार ३ सय ४७ मत खसेको छ । कुल मतको ७८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, कालिका नगरपालिकाका निर्वाचन अधिकृत महेश प्रसाद खत्रीले जानकारी दिनु भयो । कालिकामा ११ वटा वडा रहेका छन । कालिकामा कुल ३१ हजार १ सय ४७ मतदाता रहेकोमा कुल २४ हजार ३ सय ४७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस !