चितवन । कालिका नगरपालिकामा कुल २४ हजार ३ सय ४७ मत खसेको छ । कुल मतको ७८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, कालिका नगरपालिकाका निर्वाचन अधिकृत महेश प्रसाद खत्रीले जानकारी दिनु भयो । कालिकामा ११ वटा वडा रहेका छन । कालिकामा कुल ३१ हजार १ सय ४७ मतदाता रहेकोमा कुल २४ हजार ३ सय ४७ मत खसेको छ ।   मतगणना केहि बेरमा –  कालिकाको ११ वटै वडाको मतपत्र निर्वाचन अधिकृतको कार्यालय, पदमपुरमा आईपुगेको छ । अहिले मतगणनाको लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक पछी राती करिव १२ बजेबाट मतगणना हुने संभावना रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस !